भिसानीतिमा परिवर्तन छैन: अमेरिकी दूतावास

नेपालस्थित अमेरिकी दूतावासले भिसासम्बन्धी नीतिमा कुनै परिवर्तन नभएको जनाएको छ। दूतावासले अमेरिकी भिसानीति परिवर्तन भएको भनी विभिन्न सञ्चारमाध्यममा गतल सामग्री प्रकाशित गरेको भन्दै यसप्रति ध्यानाकर्षण भएको जनाएको हो।

दूतावासले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सदस्यले अमेरिका भ्रमण गर्ने र बसाइँ सर्नेसम्बन्धी दशकौं पुरानो कानुनमा कुनै परिवर्तन नआएको स्पष्ट पारेको छ। अमेरिकी नीतिअनुसार नेकपाका सदस्य अमेरिका बसाइँ सर्न स्वतः प्रतिबन्धित नहुने र हरेक भिसा व्यक्तिगत आधारमा तय हुने दूतावासले जनाएको छ। सञ्चारमाध्यममा अमेरिकाले कम्युनिस्ट पार्टीका सदस्यको हकमा भिसानीति परिवर्तन गरेका सामग्री प्रकाशित भएपछि नेकपाका प्रवक्ता एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अमेरिकाको नयाँ नीतिले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको बताएका थिए। श्रेष्ठले मंगलबार सामाजिक सञ्जाल ट्विटमार्फत यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन्।

‘अमेरिकाले हालै देशभित्र वा विदेशको कुनै कम्युनिस्ट पार्टीको सदस्यता लिएको आप्रवासीलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने नीति घोषणा गरेको छ। यसले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको छ,’ भनिएको छ। अमेरिकी नीतिको आलोचना गर्दै नयाँ नीतिलाई ‘नमुना पुँजीवादी लोकतन्त्र’ भनिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...