आज एकै दिन ३४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि

२२ असोज । नेपालमा बुधबार एकै दिन ३४ सय ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको १४ हजार २०९ जनाको परीक्षणमा थप एकै दिन ३४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

यससँगै कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११ सय २६ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

आज थप १५ जनाकाे मृत्यु भएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ५७८ पुगेकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...