रोयल सहकारीमा स्मार्ट बैकिङ एपको प्रयोग मार्फत ईटेलर सुविधाको शुभारम्भ

पोखरा, नविन प्रविधिमा सदस्यहरुको पहुँच पु¥याउने उद्देश्यका साथ पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रोयल स्मार्ट बैैकिङ एपको प्रयोग मार्फत ईटेलर सुविधाको शुभारम्भ गरेको छ ।

ईटेलर मार्फत सदस्यहरुले चेक तथा भुक्तानी पूर्जा (चेक) बिना नै आफ्नो खातामा रहेको रकम झिक्न पाउने व्यवस्था मिलाइएको छ । हाल एन्ड्रोइड र आई.ओ.एस दुवै माध्यममा उपलब्ध उक्त एपमा रहेको क्यूआर सेवा प्रयोग गरी संस्थाको नगद काउन्टरमा रहेको क्युआर कोडलाई स्क्यान गरेर दैनिक रु १ लाखसम्मको नगद भुक्तानी लिन सकिनेछ ।

कोभिड महामारीको बेला सदस्यहरुलाई छिटो छरितो सेवा प्रदान गर्न, सहकारीको सेवाहरुलाई क्रमशः विद्युतीय प्रणालीमार्फत सञ्चालन गर्न ईटेलर सुविधा प्रारम्भ गरिएको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताए । यो प्रविधिले सरल, सुरक्षित र समयको बचत हुनेछ ।

हाल यो सुविधा संस्थाको प्रधान कार्यालय सहित तनहुँको दुलगेगौंडा सेवा केन्द्र, भण्डारढिक सेवाकेन्द्र र मोहरिया सेवाकेन्द्रबाट समेत उपभोग गर्न सकिने प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले जानकारी दिए ।

यस भन्दा अगाडि संस्थाले आफ्ना सेवाहरुलाई प्रविधीमैत्री बनाउने क्रममा एटिएम सेवा, एस एम एस सेवा, रोयल स्मार्ट बैकिङ, अनलाइनमार्फत सदस्यता फारम भर्ने आदि सेवाहरु प्रदान गरिसकेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...