पोखरा, कात्तिक १६ गते । गण्डकी प्रदेशमा नयाँ ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य पोखरा महानगरपालिकाका ५६ जना रहेका छन् । लाईफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ६४ जनामा संक्रमण पुष्टि भएको हो ।
सबै संक्रमितहरू लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा। लि।, पोखरामा पोखराका विभिन्न अस्पताल मार्फत कोरोनाको संक्रमण परिक्षणका लागि नमूना संकलन गरि पठाइएको थियो ।
सबै संक्रमितहरूलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको छ ।