रविन्द्रले दिलाए नेपालका लागि स्वर्ण

पोखरा, कात्तिक १८ गते । खेलाडी तथा प्रशिक्षक रविन्द्र मानन्धरले सातौं निसिमुरा कप कराते अनलाईन काता प्रतियोगितामा स्वर्ण प्राप्त गरेका छन् ।फिलिपिन्स कराते लिगको आयोजनमा भएको अनलाईन प्रतियोगितको ३७ – ४५ बर्ष उमेर समूह एडवाच मास्टर्स कातामा मानन्धरले स्विडेनका खेलाडी एन्टोन कुमरलाई पराजित गर्दै नेपालका लागि स्वर्ण दिलाएका हुन् । प्रतियोगितामा नेपालले १६ स्वर्ण, १२ रजत र ७ कास्यका साथ कुल ३५ पदक हात पार्न सफल भएको प्रशिक्षक एवं निर्णायक रवी शाहीले जानकारी गराए ।

यसै गरि नेपालका लागि काता मार्फत स्वर्ण दिलाउने अन्यमा सुभाष घताने, सुभाष कार्की, मनिष कार्की र सत्कार घर्ती मगर रहेका छन् । यस्तै महिला तर्फ सन्जु देसार, रिना श्रेष्ठ, रोश्ना राई, गरिमा मगर, सुविता गौतम र अनुभा मङ्गान्ती रहेका छन् ।

 

सुभाष घतानेले नेपालकै जगत सिंह धाकुनलाई रजतमा खुम्चाउँदै स्वर्ण जिते । घतानेले १८ देखि २५ बर्ष उमेर समूह अन्तरगत एडवाच कातामा स्वर्ण हात पारेका हुन् । यसै गरि २५ देखि ३५ बर्ष उमेर समूहमा सुभाष कार्कीले स्विडेनका खेलाडी केन्टारो एरिक्सनलाई पराजि गर्दै स्वर्ण जिते । नेपालका लागि स्वर्ण जोड्ने क्रममा मनिष कार्कीले फिलिपिन्सका म्याथी बाल्डेटामोनलाई पराजिगत गरे । उनले १३ देखि १५ बर्ष उमेर समूहमा स्वर्ण हात पारेका हुन् । सत्कार घर्ती मगरले ९ बर्ष मुनीको तौल समूहमा फिलिपिन्सका चाहतगट सिंगलाई पराजित गर्दै स्वर्ण कब्जा गरे ।

 

महिला तर्फ सुविता गौतमले ९ बर्ष मुनिको समूूहमा स्वर्ण जितिन् । उनले फिलिपिन्सकी मरिएल्ल उर्बनोलाई पराजित गरेकी थिईन् । १० देखि १२ बर्ष उमेर समूहको नविक कातामा नेपालकी मंग्रान्ती ले नेपालकै न्यान्सी क्षेत्रीलाई हराउँदै स्वर्ण हात पारिन् । यसैगरि १३ देखि १७ बर्ष उमेर समूहको एडवाच कातामा ईन्डोनेसियाकी नबिला शकिला लिनोमेलाई पराजित गर्दै सन्जु देसारले स्वर्ण कब्जा गरिन् । १३ देखि १५ बर्ष उमेर समूहमो नविक कातामा स्विडेनकी नाथली कोमरलाई पराजित गर्दै नेपालकी गरिमा मगरले स्वर्ण हात पार्दा अर्की खेलाडी रोशमा राईले १८ देखि २५ बर्ष उमेर समूहको एडवाच कातामा नेपालकै निता आचार्यलाई पछाडी पार्दै स्वर्ण जितिन् ।

 

महिलाकै २६ देखि ३५ बर्ष उमेर समूह एडवाच कातामा रिना श्रेष्ठले स्वर्ण हात पार्ने क्रममा फिलिपिन्सकी कन्जेलन्न बोर्जेलाई पराजित गरिन् ।यसै गरि च्याम्पियनसिपको कुमिते तर्फ ९ बर्ष मुनिको तौलमा रेन्जेन लामाले स्वर्ण जिते । उनले नेपालकै आरभ देवकोटालाई पराजित गरेका थिए । १८ देखि २५ बर्ष समूहमा आशिष कार्की सन्देश लामालाई पन्छाउँदै स्वर्ण जित्न सफल भए ।

 

महिला ९ बर्ष उमेर समूहमा सुविता गौतमले जुलियाना मोक्तानलाई पराजित गर्दै प्रथम भईन् । यसमा वोङ्गसिका तामाङ्गले कास्य पाईन् ।नेपालका लागि रजत पदक दिलाउनेमा सोनिम मानन्धर, जगत सिंह धाखुन, नान्सी क्षेत्री, न्हुज मान शाक्य, निता आचार्य र रुद्राक्ष देवकोटा रहेका छन् । यस्तै जुलिया मोक्तान, दिपसन सापकोटा र निरञ्जन लामाले कास्य पदक जोडे ।

 

च्याम्पियनपिमा १६ देशका २३२ खेलाडीहरुले सहभागिता जनाएका थिए । नेपाल लगायत फिलिपिनस, ईरान, स्विडेन, जापान, क्यानडा, चिली, ईटली, मकाउ, युएई, ईजिप्ट, युएसए, ईन्डोनेसिया, सिंगापुर, हङ्गकङ्गले सहभागिता जनाएको नेपालका लागि संयोजनकर्ता प्रशिक्षक तथा निर्णायक रवी शाहीले जानकारी गराए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...