बिरुवा सहकारीको अध्यक्षमा शिवराज आचार्य

पोखरा, कार्तिक १८ गते । पोखराको विरौटामा रहेको बिरुवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो दशौं वार्षिकोत्सब, नवौं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले शिवराज आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा शिवराम भण्डारी, सचिवमा हरिशचन्द्र रेग्मी, सहसचिवमा सुमित्रा लम्साल, कोषाध्यक्षमा घनश्याम शर्मा चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा कल्पना श्रेष्ठ, रघुनाथ पराजुली, लालु प्रसाद उपाध्याय, विष्णु प्रसाद सुवेदी, द्रोणराज महत र राधिका शर्मा चयन हुनुभएको सहकारीका प्रवन्धक शम्भु बरालले जानकारी दिनुभयो ।

लेखा समिति संयोजकमा रघुनाथ शर्मा चयन हुनुभएको छ भने सदस्यहरुमा शशिकला लामिछाने, कमल प्रसाद बराल रहनुभएको छ । त्यस्तै कर्जा उपसमिती सदस्यमा लोकनाथ जैसी र बाबुराम अधिकारी रहनुभएको छ । यस्तै शिक्षा उप समिती सदस्य मित्रलाल तिवारी, मिना कुमारी पोख्रेल रहनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सहकारी रजिष्टार प्रेम प्रसाद ढकाल, विशेष अतिथि पोखरा महानगरपालिका वडा नं। १७ का अध्यक्ष तिर्थराज अधिकारी, कास्की बचत संघका अध्यक्ष तथा सहकारीका पुर्ब अध्यक्ष भेषराज बराल, सहकारीका निवर्तमान अध्यक्ष चित्रराज बराल लगायतले बोल्नुभएको थियो ।

निर्वाचन समितिका संयोजक झपिन्द्रराज रेग्मीले नव निर्वाचित समितिलाई सपथग्रहण गराउनुभएको थियो । संस्थाका निवर्तमान अध्यक्ष चित्रराज बरालको अध्यक्षतामा भएको कायक्रमको संचालन निवर्तमान सचिव तथा नवनिर्वाचित उपाध्यक्ष शिवराम भण्डारीले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...