पोखराका ४७ सहित गण्डकीमा फेरी थपिए ७३ संक्रमित

पोखरा, कार्तिक २० गते। गण्डकी प्रदेशमा फेरी ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्कीले तेश्रो विज्ञप्ति जारी गदै गण्डकीका पाँच जिल्लाका ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका मध्य ४७ जना पोखरा महानगरपालिकाका छन् । पहिलो विज्ञप्तिमा ५७ जनामा संक्रमण पुष्टि भएको थियो । दोश्रोमा ४८ र तेश्रोमा ७३ जना रहेका छन् ।

गण्डकी प्रदेशमा संक्रमितको संख्या आठ हजार ४४२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...