कोरोना संक्रमणबाट ३० दिने बालक सहित गण्डकीमा चार जनाको मृत्यु

पोखरा,कात्तिक २१ गते । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा चार जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आज दिउसो जारी गरेको तेश्रो विज्ञप्तिमा संक्रमणबाट गण्डकीमा थप चार जनाको मृत्यु भएको जनाएको हो ।

 

मृत्यु हुनेमा बाग्लुङ जिल्ला जैमिनी नगरपालिका ९ का २९ वषीय पुरुषको बिहिबार राती ८ः५० बजे निधन भएको हो । उहाँलाई कात्तिक ८ गते कोरोना पुष्टि भएको थियो । त्यस्तै पोखरा महानगरपालिका वडा नम्वर १० का ५७ वषीय संक्रमित पुरुषको बिहिबार राती ११ः३० बजे मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो । उहाँमा कात्तिक २ ग ते संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पोखरा महानगरपालिकाका ३० दिने कोरोना सक्रमित बालकको आज बिहान १२ः१५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।

यता पोखरा १७ का ७५ वषीय कोरोना संक्रमित पुरुषको आज बिहान ९ बजे गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । उहाँमा गत कात्तिक १४ गते कोरोना पुष्टि भएको थियो । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...