पोखरा, कात्तिक २१ गते । रुपा गाँउपालिकाको सेवा प्रवाह आइतबारबाट बन्द हुने भएको छ ।
गाँउ पालिकाको कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि जनप्रतिनिधिहरु र कर्मचारीहरु क्वारेन्टीनमा रहनुपर्ने भएकाले शुक्रबारदेखि आइतबारसम्म सेवा प्रवाह बन्द रहने गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुङगानाले सार्वजनीक सुचना जारी गर्नुभएको छ । सेवा प्रवाह बन्द हुदाँ सर्वसाधारणमा पर्न जाने असुविधाप्रति गाँउपालिकलो क्षमायाचना गरेको छ ।