पोखरा महानगर १७ नम्वर वडाको सेवा आइतबारदेखि स्थगित

पोखरा, कात्तिक २२ गते । पोखरा कोरोना भाइरस संक्रमणका लागि हट स्पट बनेको छ ।

दैनिक एक सय भन्दा बढिमा कोरोना संक्रमण पुष्टि हुने गरेको छ । गण्डकी प्रदेशका ११ जिल्ला मध्य कास्की अर्थात प्रदेश राजधानी कोरोनाको उच्च जोखिममा छ ।

कोरोना संक्रमणकै कारण पोखरा महानगरको १७ नम्वर समेत सिल भएको छ ।वडा नम्वर १७ ले शुक्रबार सार्वजनीक सुचना जारी गदै कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको जनाउदै आइतबारबाट अर्को सुचना जारी नभएसम्म वडा कार्यालय बन्द गरिएको जनाएको छ । यसअघि पोखराका चार वडा सिल भएका छन् ।। पोखराको वडा नम्वर २, १३, २५ र २७ नम्वर वडा सिल गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...