निर्वाचनमा गरेको प्रतिबद्धता पुरा गछौँ ःमन्त्री विश्वकर्मा

पोखरा, कार्तिक २४ गते ।युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा(सुनार)ले निर्वाचनका बेला जनताका बीचमा गरेको प्रतिबद्धता पुरा गर्ने बताउनु भएको छ । आफनो निर्वाचन क्षेत्रमा भैरहेका विकास गतिविधिहरुको अनुमगन गदै उहाँले यसरी जनताको वीचमा आउँदा निर्वाचनमा गरीएका बाचा स्मरण हुने बताउदै भन्नुभयो, ‘निर्वाचनमा गरिएका प्रतिबद्धता निष्ठा पूर्वका पुरा गछौँ र तपाईहरुको शिर झुक्ने दिने छैन् ।’

उहाँले देशको विकास गर्न एकताबद्ध हुनुपर्ने बताउदै विकासका विषयमा राजनीतिक आस्थाका आधारमा विभाजन हुन नहुने बताउनुभयो । ‘सबै मिलेर विकासको अभिभारा पुरा गर्नुपर्छ । एकताबद्ध भएर देशलाई समृद्ध बनाउने दायित्व पुरा गर्नुपर्छ ।’ उहाँले कोरोना भाइसर संक्रमणका कारण धेरै विकास आयोजनाको कामले गति लिन नपाएको बताउदै भन्नुभयो,‘निर्वाचनका बेला तपाईहरुको आँगनमा उभिएर गरेका बाचा र तपाईहरुको अपेक्षालाई हाम्रो कार्यकालयमा पुरा गर्ने छौँ ।’

 

त्यस्तै गण्डकी प्रदेश सांसद राजीव पहारीले तीनवटै तहका सरकारले विकास निर्माणलाई प्राथमिकतामा राखेको बताउदै आफनो निर्वाचन क्षेत्रमा विकासको लहर आएको बताउनुभयो । उहाँले विगतमा एक इन्च पीच बाटो नभएको पोखरा २३ मा अहिले २९ वटा विकास आयोजना सञ्चालन भैरहेको बताउनुभयो । प्रदेश सरकारका मात्रै २९ आयोजना छन्, संघ र महानगरका पनि आफनै आयोजनाहरु रहेका छन् उहाँले भन्नुभयो, ‘अब विकासले गति लिएको छ । हामीले निर्वाचनमा गरेका प्रतिबद्धता पुरा गरेर अर्को निर्वाचनमा आउदाँ बुदाँबुदाँ टिक लगाएर आउने छौ ।’ बाम्दीलाई कालोपत्रे सडकले छोएपछि यहाँको पर्यटन क्षेत्रमा समेत उल्लेख बृद्धि हुने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...