देउसी भैलो आयोजना नगर्न कास्की प्रशासनको अनुरोध, अवज्ञा गरे कारबाही

पोखरा, कात्तिक २४ गते । जिल्ला प्रशासन कार्यालय कास्कीले आफु रहेकै स्थानमा रहेर आफना घरपरिवारका सदस्यहरुसंग मात्र सीमित रही चाडपर्वहरु मनाउन अनुरोध गरेको छ ।

सोमबार सार्वजनीक सुचना प्रकाशित गदै देउसी भैलो जस्ता कार्यक्रमहरु आयोजना नगर्न समेत आग्रह गरेको छ । देउसी भैलो जस्ता कर्याक्रमहरु आयोजना नगर्नु नगराउनुहुन एवं भिडभाडजन्य गतिविधिहरु नगर्नु हुन समेत अनुरोध गरेको छ । त्यस्तै जिल्लाभित्र कुनै प्रकारका मेला, महोत्सव तथा व्यापारीक केन्द्रहरुमा भिडभाड नगर्न समेत अनुरोध गरेको छ ।

 

जिल्ला प्रशासन कार्यालय कास्कीले आतसबाजी, पटाका, झिझिरे, भुईचम्पा लगायतका विस्फोटकजन्य पदार्थहरुको ओसारपसार, बिmक्री वितरण एवं प्रयोग नगर्नु नगराउनु हुन भनेको छ ।

 

प्रशासनले कोभिड १९ संक्रमणको जोखिम न्यूनियकरणका लागि नेपाल सरकारले तोकेको भौतिक दुरी कायम गर्ने, अनिवार्य मास्क लागउने र नियमित सावुन पानीले पटकपटक हात धुने वा सेनिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ ।

 

प्रशासनले सुचनाको अवज्ञा गर्ने गराउने ब्यक्तिलाई संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानून बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...