लागूऔषध सहित तीन जना पक्राउ

पोखरा, कात्तिक २५ गते । ईलाका प्रहरी कार्यालय बेलचौंतारा तनहुँको प्रहरीले २८६ एम्पुल विभिन्न लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

शुक्लागण्डकी नगरपालिका ४ कोत्रेमा गस्ति गर्ने क्रममा शंकास्पद रुपमा हिडिरहेका तनहुँको व्यास नगरपालिका ४ बस्ने २१ वर्षिय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका ५ बस्ने ३० वर्षिय मनोज क्षेत्री र गोरखा जिल्लाको आरुपोखरीथोक घर भई तनहुँको शुक्लागण्डकी नगरपालिका २ हलेदी बस्ने ३० वर्षिय रवि गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले लागूऔषध डाईजापाम १०४ एम्पुल, नुफिन ८९ एम्पुल र फेनरागन ९३ एम्पुल गरि जम्मा २८६ एम्पुल लागूऔषध बरामद गरेको छ । पक्राउ परेका सबैजना बिरुद्ध लागूऔषध अन्तर्गत मुद्धा दर्ता गरि थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...