मंसिर २ गते सार्वजनिक विदा

काठमाडौं, कात्तिक २६ गते । किजा पूजाको अवसरमा मंसिर २ गते (मंगलबार) सार्वजनिक विदा हुने भएको छ ।

गृहमन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गर्दै उक्त दिन देशभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थाहरु समेतमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

 

मन्त्रिपरिषद्को यही २४ गतेको निर्णयाअनुसार विदा दिने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...