पोखरा, कात्तिक २८ गते । कोरोना संक्रमणबाट पोखरामा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २५ का ७० वषीय र पोखरा २० का ८३ वषीय पुरुष रहेका छन् ।
पोखरा २५ का पुरुषको गण्डकी मेडिकल कलेजमा विहान ११ः१५ र पोखरा २० पुरुषको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । कात्तिक १८ गते र २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११८ पुगेको छ ।