प्रचण्डका कारण पार्टी एकता गम्भिर मोडमा ः नेता पोखरेल 

पोखरा, कात्तिक २९ गते । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य एवं लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकता गम्भीर मोडमा पुगेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा आज विहान लेख्दै उहाँले प्रथम अध्यक्ष एवं प्रधानमन्त्री विरुद्ध संगीन आरोप सहित सचिवालय बैठकमा एकल प्रस्ताव प्रस्तुत गरेपछि एकता गम्भीर मोडमा पुगेको अनुभुति गरेको बताउनुभएको छ ।

शुक्रबार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष प्रचण्डले ओलीलाई विभिन्न आरोप लगाउनु भएको थियो । नेता पोखरेलले कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ उहाँले भन्नुभएको छ,  म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...