पोखरा, कात्तिक ३० गते । तिहारको टिका सोमबार । टिका लागि आवश्यक सामाग्री किन्न बजारमा चहलपहल बक्लो छ । कोरोना भाइरसको जोखिम बढिरहँदा बजारमा भने भाइटीकाका लागि प्रयोग हुने सामाग्री किन्न ठूलो भिड लागेको छ ।
पोखराका मुख्य बजार चिप्लेढंगा, महेन्द्रपुल, पृथ्वीचोक र सृजनाचोकमा मेला लागेजस्तै भिडभाडा छ । फूलका माला, भाइमसला, दाजुभाईलाई दिने उपहार किन्नेको भिड लागेको हो । सरकारले भिडभाड नगर्न भनेपनि बजारमा त्यसको उल्लघन भएको छ ।
कोरोना फैलिन यस्ता भिडले भुमिका खेलेका छन् । त्यसैले चाडपर्वसंगै कोरोना संक्रमितको संख्या बढेको छ । सडकहरुमा राखिएका पसलमा बढि भिड देखिन्छ ।