भाइटीका लगाउने विधि

काठमाडौं, १ मंसिर। आज तिहारको मुख्य दिन, दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा छ ।

भाइटीका लगाउँदा केही विधिहरु पूरा गर्नुपर्ने हुन्छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा सबैभन्दा पहिले गर्नुपर्छ ।त्यसपछि मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभिषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा गर्नुपर्छ ।

 

दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार टीका लगाइदिनुपर्छ । टीका लगाइदिइसकेपछि मखमली, सयपत्री, गोदावरीलगायतका फूल र दुबोका माला लगाइदिने गरिन्छ ।

 

भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंग प्रयोग गर्नुपर्ने धर्मशास्त्रविदहरु बताउँछन् ।त्यसपछि सँघारमा ओखर फुटाउने चलन छ । ओखर फुटेजस्तै शत्रुहरु पनि टुक्रा–टुक्रा भएर नास हुने विश्वास छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...