पोखरा, मंसिर ४ गते । गण्डकी प्रदेशमा ११६ नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनलाय गण्डकीले बिहिबार दिउसो तीन विज्ञप्ति जारी गरी नयाँ संक्रमितको संख्या सार्वजनीक गरेको हो । सार्वजनीक गरेका तीन विज्ञप्ति अनुसार पोखरा महानगरपालिकाका मात्रै ५५ जना रहेका छन् ।
पहिलो विज्ञप्तिमा ६ जिल्लाका ४१ जना र दोश्रो विज्ञप्तिमा ४ जिल्लाका २६र तेश्रो विज्ञप्तिमा पाँच जिल्लाका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।