पोखरा, मंसिर ८ गते । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या बढदो छ । पछिल्लो एक सातामा ५७१ नयाँ संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा दशै र तिहारपछि संक्रमितको संख्या ह्वात्तै बढेको देखिन्छ ।
एक सातामा २७०९ जनाको पीसिआर गरिएको थियो । निको हुनेको संख्या पनि बढि छ । एक सातामा ६१० जना कोरोना मुक्त भएका छन् । त्यस्तै गण्डकी प्रदेशमा एक सातामा १८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको तथ्यांक अनुसार अहिलेसम्म १०४२०५ जनाको परिक्षण गरिएको छ भने ११०६१ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म ६२३१ जना संक्रमण मुक्त भएका छन् । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१ पुगेको छ । अहिले गण्डकीमा सक्रिय संक्रमितको संख्या ४६८९ रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।