समस्या परेको भन्दै फेसबुक मार्फत दश लाख ठगी गरेको आरोपमा पाण्डे पक्राउ

 पोखरा, मंसिर ८ गते । सामाजिक सञ्जाल फेसबुक मार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलिले आफूलाई ठूलो समस्या परेको र  ब्राजिल रहेको परिवार गम्भिर विरामी रहेको भनि एक महिलालाई सामाजिक सञ्जाल फेसबुक मार्फत पैसा मागि ठगी गरेको आरोपमा बाजुरा जिल्लाको हिमाली गाउँपालिका ४ बस्ने २७ वर्षीय रुपचन्द्र पाण्डेलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका उनले आफूलाई ठूलो समस्या परेको भनी विभिन्न बाहना बनाई महिलालाई विश्वास दिलाई तत्काल फिर्ता गर्छु भन्दै पटक÷पटक गरी दश लाख अठ्ठाईस हजार सात सय   ठगी गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । पैशाा लिएर उनी फरारको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

 

घटनाका विषयमा जानकारी हुने वित्तिकै अनुसन्धान गर्दै जाँदा पाण्डेलाई मंसिर ५  गते नेपालगञ्जबाट पक्राउ गरेको जनाएको छ ।  पक्राउ परेका पाण्डे विरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ(एक्सटर्सन) सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी घटनाका विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...