पोखरा, मंसिर १२ गते । कास्कीमा एक बृद्ध महिलालाई बलात्कार गरेको आरोपमा ३४ बर्षीय पुरुष पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ७१ बर्षे एकल बृद्ध महिला आफ्नै घरभित्र सुतिरहेको अवस्थामा जबरजस्ती घर भित्र प्रवेश गरी पोखरा महानगरपालिका वडा नंम्बर १९ पुरन्चौर बस्ने बर्ष ३४ का नश्याम गिरीले जबरजस्ती गरेको आरोपमा पक्राउ गरेको हो ।
बृद्धलाई जवरजस्ती करणी उजुरीका आधारमा कास्की प्रहरीले पक्राउ गरेको हो । गिरीलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरी प्रवत्ता शुभाष हमालले जनाकारी दिनुभयो ।।