कास्कीमा ट्राफिक नियम उल्लन बापतको जरिवाना सिटै बैंकबाट भुक्तानी

पोखरा, मसिंर १३ गते । तपाई ट्राफिक नियमको उल्लघंन गर्नुभयो । गर्नुभएको छ र तपाईको सवारी चालक अनुमतिपत्र, बिलबुक ट्राफिक प्रहरीले लगेको छ । यदि लगेको छ भने अब तपाईले ग्लोबल आईएमई बैंकमा जरीवाना शुल्क दाखिला गर्नुपर्ने छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र ग्लोबल आईएमई बैकंको संयुक्त पहलमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

उक्त काउन्टरबाट कास्कीमा ट्राफिक नियमको उल्लंघन गर्ने सवारी चालकले दाखिला गरेको जरिवाना रकम बैँकिङ् प्रणाली मार्फत सिधै राजस्वमा पुग्ने व्यवस्था गरिएको छ । यसअघि सिधै कार्यालयकै काउन्टरमा रकम भुक्तानी गरेर काजगपत्र लिने व्यवस्था थियो ।अव कारवाहिमा परेका सवारी चालकले जरिवाना रकम उल्लेखित रसिद लिई जिशलला ट्राफिक प्रहरी कार्यालय कास्कीसंगै रहेको बैकको काउन्टरमा गई राजस्व दाखिला गराउनु पर्नेछ ।

 

काउन्टरको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जिवन श्रेष्ठ , गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाल र ग्लोबल आईएमई बैंक न्युरोड शाखाका प्रमुखले उक्त काउन्टरको सयुंक्तरुपमा उघाटन गर्नुभयो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जिवन श्रेष्ठले ट्राफिक प्रहरी पार्दशिता एवं सुशासनको पक्षमा थप एक कदम माथी उठेको बताउदै यस्ता पहलहरुले आमनागरिकमा प्रहरीप्रतीको विश्वसनियतामा वृद्धि हुने बताउनु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...