पोखराको सबैभन्दा अग्लो ठाँउमा बन्दै फुटबल मैदान

महानगरको ५० लाख बजेट, खेल पर्यटन प्रवद्र्धन

एकराज गिरी
पोखरा, मंसिर १३ गते । हिमाल, जंगल अनि बस्ती । माथि हिमाल मुस्कुराएको दृश्य । हरियाली जंगल र तल ढुङगाले छाएका र चिटिक्क परेका घर । यो पोखरा महानगरपालिकाको वडा नम्वर २० मौजाबाट देखिने दुश्य हो । यस्तै रमणीय दृश्य देखिने पोखराकै सवैभन्दा अग्लो ठाँउमा फुटबल मैदान निर्माण गरीदै छ । १७ मिटर अग्लो ठाँउमा रहेको उक्त ठाँउमा निर्माण हुने मैदानले सबैको मन लोभ्याउने छ ।महानगरले मैदान निर्माण गर्न यस वर्ष ५० लाख रुपैयाँ विनियोजन गरेको छ । गत आर्थिक वर्षमा डिपिआर तयार र मैदान सम्याउने काम भैएको पोखरा २० का अध्यक्ष सिम गुरुङले जानकारी दिनुभयो ।


उक्त मैदानको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठ, कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं कास्की जिल्ला खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष दिपकबहादुर गोदार सहितको टोलीले अनुगमन गरेको छ । अनुमगनपछि गोरखापत्रसंग कुराकानी गदै बोर्ड सदस्य श्रेष्ठले पोखराकै अग्लो ठाँउमा फुटबल मैदान निर्माणको योजनालाई परिषद्बाट पनि साझेदारी गर्न सकिन्छ भन्ने उद्देश्यले अवलोकन गरेका हौ । त्यहाँ फुटबल मैदान बनाउन उपयूक्त ठाँउ रहेछ उहाँले भन्नुभयो, ‘उक्त मैदानले खेलाडी, फुटबलप्रेमी दर्शकलाई आकर्षण गदै खेल पर्यटनको विकासका लागि उत्कृष्ट स्थान रहेछ ।’ उहाँले धेरै राम्रो ठाँउ रहेछ । अग्लो ठाँउमा अन्तराष्ट्रियस्तरको फुटबल मैदान निर्माण गर्न सकिने ठाँउ रहेछ । यसलाई महानगरपालिका वा परिषद् मिलेर बनाउदाँ खेल पपर्यटनको विकासमा भुमिका खेल्ने छ उहाँले भन्नुभयो ।


महानगरले बजेट विनियोजन गरेपनि अहिले कोरोनाका कारण काम अघि बढेको छैन् । श्रेष्ठले भन्नुभयो—‘फुटबल मैदान निर्माण गर्न उपयुक्त छ । प्राकृतिक दृष्टिकोणले निकै रमणीयस्थल छ ।’ उहाँका अनुसार पोखरासँगै जोडिएको मौजामा फुटबल मैदान निर्माणसँगै खेलाडीलाई होम स्टेमा राखेर प्रतियोगिता सञ्चालन गर्न सकिन्छ ।


उहाँले युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा(सुनार)ले नै मौजा खेलमैदानको निरीक्षण गरेर खबर गर्न निर्देशन गरेपछि आफुले निरीक्षण गरेर फर्किएको बताउनुभयो । ‘फुटबल मैदान बनाउन जरुरी छ । त्यसमा पनि अझ मौजामा बनाउन अझै उपयुक्त देखिन्छ’ उहाँले थप्नुभयो—‘प्राकृतिक सौन्दर्यताले खेलाडीको मनै लोभ्याउँछ ।’ महानगरपालिकाको बजेटबाट शुरु गरिएको कामलाई फत्ते गर्न राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालय तथा प्रदेश सरकारसँग थप बजेटको लागि लबिङ गरिने स्पष्ट पार्नुभयो ।

 

महानगरले तयार पारको डिपिआर अनुसार १६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । डिपिआरमा फुटबल मैदानसहित पार्किङ, दर्शक प्यारापिट, चेन्जिङ रुम तथा अन्य खेलकुद पूर्वाधार समेत समेटिएको छ । पोखरा—२० भलाम मौजाका वडाध्यक्ष सीम गुरुङले फुटबल मैदान निर्माणपछि ग्रामीण क्षेत्रमा स्पोर्टस टुरिज्म विकास हुने अपेक्षा गर्नुभयो । फुटबल मैदान निर्माणपछि पोखराकै सबैभन्दा उचाईमा रहेको फुटबल मैदान हुने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...