पोखराका ९० सहित गण्डकीमा १३५ नयाँ संक्रमित थपिए

पोखरा, मंसिर १३ गते । गण्डकी प्रदेशमा शनिबार दिउँसो १५५ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले एक घण्टाको वीचमा सार्वजनीक गरेका दुई विज्ञप्ति अनुसार पोखराका ९० सहित गण्डकीमा १५५ जना संक्रमित थपिएका हुन् ।

पहिलो विज्ञप्तिमा एकै पटकमा १३५ जना र दोश्रो विज्ञप्तिमा २० जना संक्रमित गण्डकीमा थपिएको जनाएको छ । पहिलो विज्ञप्तिमा ७४ र दोश्रोमा १६ गरी ९० जना संक्रमित पोखराका रहेका छन् । त्यस्तै लमजुङका २२ जना, तनहुँमा २१ जना, बाग्लुङका ४ जना, गोरखा १० जना, मुस्ताङका २ जना, स्याङजा ३ जना, पर्वत २ जना, म्याग्दी १ जना संक्रमित थपिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...