तेक्वान्दो ब्लाकबेल्ट ग्रेडिङ्ग 

पोखरा, मंसिर १३ गते ।नेपाल तेक्वान्दो संघको वार्षिक तालिका अनुसार सल्लाघारी तेक्वान्दो डोजाङ्गले शनिबार ब्ल्याकबेल्ट ग्रेडिङ्ग सम्पन्न गरेको छ ।तेक्वान्दोका बरीष्ठ प्रशिक्षक टार्जन पादालुङको उपस्थितीमा भएको गे्रडिङ्ग डोजाङ्गका प्रशिक्षक बशन्त लामाले गे्रडिङ्ग प्रशिक्षण गराएका थिए ।

उक्त कार्यक्रममा स्टेप ब्ल्याक बेल्टमा ७ जना, ब्ल्याक बेल्ट पहिलो डानमा ६ जना, ब्ल्याक बेल्ट दोश्रो डानमा ६ जना, र ब्ल्याक बेल्ट तेश्रो डानमा ३ जना सहभागी भएको कुरा डोजाङ्ग प्रमुख एवं राखेप प्रशिक्षक चुलाइ मुखियाले बता।

२०६० सालदेखि प्रशिक्षण शुरु गरेको यस डोजाङ्गले हालसम्म ३०० जना भन्दा बढी ब्ल्याक बेल्टका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ । हाल यस डोजाङ्गमा १५० भन्दा बढी खेलाडीहरुले नियमित प्रशिक्षण गर्दै आइरहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...