कोरोना संक्रमणबाट पोखरामा दुई जनाको मृत्यु

पोखरा, मंसिर १५ गते । कोरोना भाइरस संक्रमणबाट सोमबार दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आज विहान १०ः३० बजे विज्ञप्ति जारी गदै दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्वर ३ का ६५ बर्षीय पुरुष रहेको जनाएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको निर्देशनालयले जनाएको छ । ती पुरुषमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पोखरा १६ की ५७ बर्षीय महिलाको कोरोना संक्रमणबाटै ज्यान गएको छ । उनको चरक मेमोरियलमा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनमा मंसिर १२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...