कास्कीका तीन स्थानीय तहमा अस्पताल शिलान्यास

देशमा बिकासको लहर आयो, अबरोध नगरौ ः पूर्व स्वास्थ्यमन्त्री अधिकारी

एकराज गिरी
पोखरा, मंसिर १५ गते । कास्कीका तीन गाँउपालिकामा अस्पताल भवनको शिलान्यास गरिएको छ । कास्कीको रुपा, मादी र अन्नपूर्ण गाँउपालिकाले १५ शैयाँको अस्पताल निर्माणका लागि सोमबार शिलान्यास गरेका छन् । कास्कीका मादी गाँउपालिकामा संघीय प्रतिनिधि सभा सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अस्पतालको शिलान्यास गदै सरकारले स्वास्थ्य क्षेत्रमा ऐतिहासिक काम गरेको बताउनुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रमा एकै दिन ३९६ अस्पताल भवनको शिलान्यासले विकासको लहर आएको पुष्टि गरेको बताउदै बिकासमा कसैले विरोध र अवरोध गर्न नहुने बताउनुभयो । ‘बिकासमा राजनीतिका नाममा विरोध गर्न हुदैन् उहाँले भन्नुभयो, सबै मिलेर सहयोग गर्नुपर्छ ।’ उहाँले बर्तमान सरकार जनताको स्वास्थ्यप्रति संवेदनशील रहेको बताउदै स्थानीय तहमा अस्पताल निर्माणले नागरिकलाई सहज हुने विश्वास ब्यक्त गर्नुभयो । मादी गाँउपालिका अध्यक्ष बेदबहादुुर गुरुङ श्यामका अनुसार गाँउपालिकाको छाचोकको ज्याग्दीमा अस्पताल निर्माणका लागि शिलान्यास गरिएको बताउनुभयो । अस्पताल निर्माण गरेको तर निर्माणका लागि टेण्डर भएको छैन, छिटटै गछौ भन्नुभयो ।


यता रुपा गाँउपालिको वडा नम्वर ६ रुपाकोटमा अस्पताल भवनको शिलान्यास गरेको छ । गाँउपालिका प्रमुख नवराज ओझाले शिलान्यास गर्नुभयो । ले अस्पतालको शिलान्यास गरेका हुन् । त्यस्तै अन्नपूर्ण गाउँपालिकाले नागडाँडा स्वास्थ्य चौकीमा १५ शैयाको अस्पताल निर्माणको लागि शिलान्यास गरेको छ । गाँउपालिका अध्यक्ष कुवँरले शिलान्यास गर्नुभयो ।

गाँउपालिका अध्यक्ष कुवँरका अनुसार स्थानीय तहमा १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने नेपाल सरकारको योजना अनुसार अस्पताल निर्माण गर्नको लागि ठेक्का प्रकृया समेत अघि बढाई बोलपत्र आह्वानको सूचना प्रकाशित समेत गरेको छ । ठेक्का आह्वानको सुचना गर्ने नेपालमै पहिलो पालिका समेत बनेको छ । नेपाल सरकारले सोमबार देशभरका ३९६ स्थानीय तहमा अस्पतालको शिलान्यास गर्ने कार्यक्रम अन्र्तगत कास्कीका तीन गाँउपालिकाले अस्पताल शिलान्यास गरेका हुन् । कास्कीमा चार गाँउपालिका र एक महानगरपालिका रहेका रहेका छन् । चार गाँउपालिका मध्य माछापुच्छे« गाँउपालिकाले जग्गा टुङगो नलागेका कारण शिलान्यास गर्न नसकेको अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...