कोरोनाबाट पोखराका तीन सहित गण्डकीमा चार जनाको मृत्यु

कोरोना संक्रमणबाट पोखराका तीन सहित गण्डकीमा चार जनाको मृत्यु
पोखरा, मंसिर २१ गते । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा चार जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनाले गण्डकी प्रदेशले विज्ञप्ति जारी गदै आइतबार चार जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा पोखराका तीन जना र एक जना लमजुङका रहेका छन् । पोखरा महानगरपालिका १७ की ६६ बर्षीय महिलाका आइतबार बिहान मृत्यु भएको हो ।

मंसिर १५ गते कोरोना संक्रमण पुष्टि भएकी महिलाको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । पोखरा महानगरपालिका वडा नम्वर १ का ७५ बर्षीय पुरुषको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । मृतक पुरुषमा मंसिर १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पोखरा १७ कै ३४ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उपचारको क्रममा चरक मेमोरियलमा मृत्यु भएको हो ।मृतकमा ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

यता लमजुङको बेशीशहर नगरपालिका ११ की ४३ बर्षीय महिलाको मुत्यु भएको छ। मंसिर ९ गते कोरोना भाइरस पुष्टि भएकी महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचकार क्रममा मृत्यु भएको हो । गण्डकीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १७० पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...