पोखरा, मंसिर २६ गते । पोखरा महानगरपालिकाको फोहोर तीन दिनदेखि उठेको छैन् । फोहोर सडकमै थुप्रिएपछि दुर्गन्धित बनेको छ । दैनिक फोहोर संकलन हुदै आएको पोखराका मुख्य सडकमा तीनदेखि फोहोर नउठदा कुरुप र दुर्गन्धित बनेको छ । पोखरा १४ ल्याण्डफिल्डमा स्थानीयले फोहोर फाल्न रोकेपछि सडकबाट फोहोर नउठेको हो ।ल्याण्डफिल्ड साइड बनाउदाँ गरेको सहमती कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर बोक्ने गाडी ल्याडफिल्ड साईड जान रोक लगाएका छन् ।
२० वर्षअघिको सम्झौता देखाएर फोहोरका गाडी रोकिएको हो । २०५७ सालामा तत्कालीन उपमहानगरपालिका र स्थानीयबासीबीच ल्यान्डफिल्ड सञ्चालन बारे २८ बँदे समझदारी भएको थियो । उक्त समझदारी अहिले कार्यान्वयन नभएको भन्दै ल्यान्डफिल्डमा फोहोर फाल्न स्थानीयले अवरुद्ध गरेपछि फोहोर नउठेको हो । ल्यान्डफिल्ड बन्द भएपछि स्थानीय र पोखरा महानगरपालिका वीच छलफल भैरेको छ । तर छलफलमा सहमती जुटेको छैन । स्थानीयले १५ करोडको विकास बजेट दिए ल्यान्डफिल्ड सञ्चालन गर्न दिने नत्र नदिने अडान राखेका छन ।