काँग्रेस महाधिवेशन : तीन जिल्लाले फाराम नै पाएनन्

काठमाडौँ, मङ्सिर २८ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको विवरण जिल्लाबाट काँग्रेस केन्द्रीय कार्यालयमा आउन थालेका छन् तर तीनवटा जिल्लाले भने अझै क्रियाशील सदस्यको फाराम नै पाउन सकेका छैनन् ।


महाधिवेशनको कार्यतालिका अनुसार ७७ वटै जिल्ला कार्यसमितिले मङ्सिर मसान्तसम्म सबै क्रियाशील सदस्यको विवरण केन्द्रमा पठाइसक्नुपर्ने हुन्छ । त्यसैगरी ७४ जिल्लाले फाराम लगेर काम सक्न लाग्दा पनि बारा, पर्सा र सिन्धुपाल्चोकले फाराम नै पाएका छैनन् ।

पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले अर्घाखाँची जिल्लाबाट क्रियाशील सदस्यको विवरण आएको र अरू जिल्लाबाट आउने क्रममा रहेको बताउनुभयो । उहाँले अझै तीन जिल्ला बारा, पर्सा र सिन्धुपाल्चोकको समायोजनको प्रक्रिया नै नटुङ्गिएको जानकारी दिनुभयो । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले तीन जिल्ला बाहेक ७४ जिल्लाले क्रियाशील सदस्यता वितरण गर्न शतप्रतिशत फाराम लगेको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...