पोखरा,मंसिर २८ गते ।पोखरामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिका वडा नम्वर १७ का ७४बर्षीय पुरुषको मृत्यु भएको छ।
मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको हो ।मृतक पुरुषमा मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ ।