गण्डकीमा दुई संक्रमितको मृत्यु

पोखरा,मंसिर २८ गते । कोरोना भाइरस संक्रमणबाट गण्डकीमा दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिका वडा नम्वर १७ का ७४बर्षीय पुरुषको मृत्यु भएको छ।

मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको हो ।मृतक पुरुषमा मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै तनहुँ जिल्ला म्याग्दे गाँउपालिका–२ ६० बर्षीय पुरुषको मृत्युुभएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज विहान मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकोछ । मृतक पुरुषमा २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८४ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...