पाेखरा ३१ खाेलावेसीमा माेटरेबल पुलकाे शिलान्यास

पाेखरा, पुस ३ गते /पाेखरा महानगरपालिकाकाे वडा नम्बर ३१ स्थित खाेलावेसीमा माेटरेबल पुल बन्ने भएकाे छ । २ कराेड १२ लाखकाे लागतमा बन्ने पुलकाे शनिबार पाेखरा महानगर प्रमुख मानबहादुर जिसीले शिलान्यास गर्नु भएकाे छ ।
शिलान्यास कार्यक्रममा प्रमुख जिसीले पूर्वाधार निर्माणलाई उत्पादनसँग जाेड्नु पर्ने बताउनु भयाे । पुल निर्माणले आवत जावतमा सुविधा पुग्ने हुनाले कृषि उत्पादनलाई प्राथमिकता दिएमा स्थानीय बासिन्दाकाे आर्थिक स्तर उकास्न पनि सहयाेग पुग्ने बताउनुभयो । विकटलाई निकट ल्याउने याेजना अनुसार महानगरले खाेलावेसीमा पुल निर्माण गर्न लागेकाे बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ३१ का अध्यक्ष कमलबहादुर थापाले खाेला वेसी क्षेत्रमा ग्रामीण पर्यटनको सम्भावना रहेकाे बताउनुभयो ।खाेलावेसी टाेल विकास संस्थाका संस्थापक अध्यक्ष तथा पुल निर्माणलाई जग्गा समेत उपलब्ध गराउनु भएका जग्गा दाता रामचन्द्र सुवेदीले पुल निर्माणले स्थानीय बासिन्दालाई आवत जावतमा सुविधा पुग्ने बताउँदै महानगरलाई धन्यवाद व्यक्त गर्नु भयाे ।
महानगरका सब इन्जिनियर अनिल आचार्यले १६ मिटर लम्बाई र ८ दशमलव ४ मिटर चाैडाइकाे पुल निर्माण हुने जानकारी दिनुभयो ।खाेलावेसी टाेल विकास संस्थाका सचिव कमल सुवेदीले पुल निर्माणपिछ खाेलावेसी, वडा नम्बर २८ काे पूर्वी भाग र मादी गाउँ पालिकाकाे मकैखाेलाका स्थानीय पनि लाभान्वित हुने बताए । काश्यप निर्माण सेवा तथा सप्लायर्सका शिवकुमार श्रेष्ठले पुल वैशाखसम्ममा निर्माण गरिसक्ने बताउनुभयो । खाेलावेसी टाेल विकास संस्थाका अध्यक्ष कृष्ण आचार्यकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियोे ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...