काठमाडौं । प्रतिनिधिसभा विघटन भएलगत्तै संवैधानिक परिषद्को निर्णयबमोजिम विभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सिफारिश भएका ४५ जनाको नाम संसद सचिवालयमा पुगेको छ ।
संसदीय सुनुवाईका लागि उनीहरुको नाम पठाइएको हो ।स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईको नाम सिफारिश भएको छ ।
प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा यसको सर्वोच्च अदालतबाट संवैधानिक निरुपण नभएसम्म सुनुवाई हुँदैन । ४५ दिनभित्र सुनुवाई नभए स्वतः नियुक्त हुने संवैधानिक व्यवस्था छ ।