पोखरामा कोरोना संक्रमित दुई जनाको मृत्यु

पोखरा, पुस ९ गते । पोखरामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रतिष्ठानमा तनहुँको म्याग्दे गाउँपालिका(५ का ७३ वर्षीय पुरुष र स्याङजाको फेदीखोला गाउँपालिका(१ की ७४ वर्षीया महिलाको मृत्यु भएको हो । तनहुँका कोरोना संक्रमित पुरुषको बुधबार साँझ ५ः२० बजे प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा पुस ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्याङजाका कोरोना संक्रमित पुरुषको बुधबार राति ८ः२० बजे मृत्यु भएको हो । उनीमा पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९० पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...