नेकपा प्रचण्ड माधव पक्षले आज देशब्यापी प्रर्दशन, काठमाडौमा ५० हजार कार्यकता उत्तार्ने दावी

पोखरा, पुस १४ गते । संसद विघटनको विरोधमा आज नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) प्रचण्ड माधव समुहले देशभर प्रर्दशन गदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विटघन गरेपछि बसेको प्रचण्ड(माधव पक्षीय केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई कारबाही गर्दै उनीविरुद्ध आन्दोलनका कार्यक्रम तय गरेको थियो ।

केन्द्रीय कमिटीको ८ पुस गतेको बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलनको कमाण्डर तोक्दै पहिलो चरणको आन्दोलनका कार्यक्रम तय गरेको थियो ।७७ वटै जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम भए पनि नेकपाले मुख्यगरी काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । विशेष गरी वागमती प्रदेशभरको शक्ति काठमाडौंमा केन्द्रित गर्न लागेको नेकपाले भृकुटीमण्डपमा कार्यक्रम गर्दै छ ।

 

केन्द्रीय आन्दोलन परिचाल समितिका अनुसार बिहान ११ बजे सुरु हुने प्रदर्शन काठमाडौंका ६ ठाउँबाट जुलुस शुरु हुने छन् । काठमाडौंका टेकुचोक, लैनचौर, नक्साल,घण्टाघर, रत्नापार्क र बागबजार क्षेत्रबाट जुलुश निस्कने नेकपाले जनाएको छ ।राजधानी काठमाडौको प्रदर्शनमा ५० हजार मान्छे उतार्ने दावी नेकपाको छ । युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले काठमाडौंको शक्ति प्रदर्शका लागि व्यापक तयारी आफूहरुले गरेको बताए ।

 

प्रचण्ड माधव पक्षले आजको प्रदर्शनलाई आफ्नो शक्ति प्रर्दशनका रुपमा लिएका छन् । अध्यक्ष पुष्पकलमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक रुपमा आफूहरुको विजय भइसकेको बताउँदै अब सडकबाट त्यो निर्धारण हुन बाँकी रहेको बताएका छन् । शक्ति प्रदर्शनबाट ओली र अदालतले यर्थातता बुझ्ने र प्रतिनिधिसभा पुनस्र्थापना गर्न दवाव पुग्ने नेताहरुको शुबताएका छन् । भृकुटीमण्डपको सभालाई अध्यक्ष प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतले सम्बोधन गर्नेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...