पठनपाठनमा जोड्न नसकिए विद्यार्थीको कक्षा छोड्ने दर भयावह हुने

काठमाडौँ, पुस १५ गते । कोरोना भाइरसको सङ्क्रमणपछि सञ्चालन गरिएको वैकल्पिक विधिको पठनपाठनमा छुटेका विद्यार्थीलाई शैक्षिक पठनपाठनमा जोड्न नसकिए विद्यार्थीको कक्षा छोड्ने दर भयावह हुने प्रवृत्ति देखिएको छ । यो अवस्थामा स्थानीय सरकार, शिक्षक, विद्यालयले पहलकदमी नलिने हो भने विद्यालय जाने उमेर समूहका झन्डै आधाजसो विद्यार्थी कक्षाबाहिरै हुने खतरा शिक्षा क्षेत्रकै व्यक्तिले औँल्याउनुभएको छ ।

 

 भौतिक कक्षा नचलाएसम्म समस्या
रानीपोखरीस्थित संस्कृत माध्यमिक विद्यालयले सञ्चालन गरेको संस्कृत छात्राबासमा बस्ने ३५ जना विद्यार्थी नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेदेखि नै सम्पर्कविहीन अवस्थामा छन् । विद्यालयमा माथिल्लो तहमा अनलाइन कक्षा सञ्चालन गरिए पनि तल्लो तहको कक्षामा उपस्थिति अत्यन्तै न्यून छ ।

विद्यालयका प्रधानाध्यापक शिव अधिकारीले विद्यार्थीसित सम्पर्क स्थापित गर्न धेरै प्रयास गरिएको तर त्यसमा निकै कठिनाइ भएको बताउनुभयो । भौतिक रूपमा कक्षा सञ्चालन नगरिएसम्म छात्राबास र नियमित कक्षामा पढ्ने विद्यार्थी आउन कठिनाइ देखिएको उहाँ बताउनुहुन्छ ।
भौतिक रूपमा कक्षा सञ्चालन गर्न नसकिएको र अनलाइनमा विद्यार्थीको सहभागिता न्यून रहेको उहाँको भनाइ छ । विद्यार्थीको अनलाइनमा सहभागिताका लागि सहज होस् भनेर बिहान–बेलुकासमेत कक्षा राखिएको भए पनि प्रभावकारी हुन नसकेको उहाँको भनाइ छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...