राष्ट्रपति तथा प्रधानमन्त्री विरुद्धको अभिब्यक्तिप्रति अनेमसंघ कास्कीको ध्यानाकर्षण

पोखरा, पुस २० गते । अखिल नेपाल महिला संघ कास्कीले विगत केही दिनदेखि सार्वजनिक कार्यक्रम, भेला, जुलुस नारा एवं सामाजिक सञ्जालमा राष्ट्रपति तथा प्रधानमन्त्री विरुद्ध अत्यन्त अपमानजनक, आपत्तिजनक अभिव्यक्ति तथा व्यक्तिगत लाञ्छना लगाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अखिल नेपाल महिला संघ कास्कीका कार्यवाहक अध्यक्ष सुशीला पराजुलीको हस्ताक्षरमा प्रकाशित प्रेस वक्तव्यमा सार्वजनिक स्थल, सडकमा लगाइएका नाराहरु सम्माननीय राष्ट्रपति र राष्ट्रको सर्वोच्च संस्थाप्रति गैरजिम्मेवार अमर्यादित र आपत्तिजनक शब्दहरुको प्रयोग गरिएकोमा घोर भत्र्सना गरिएको छ ।

साथै समाजका सम्पूर्ण कुरीति, कुसंस्कार, विकृति, विसंगति विरुद्ध लड्दै महिलाहरुको सम्मानपूर्ण जीवनयापन गर्न पाउनु पर्ने सदियौंदेखिको महिला आन्दोलने स्थापित गरेको मूल्य मान्यता विरुद्ध यस्तो न्यूनस्तरको अपमानजनक व्यवहारप्रति खेद प्रकट गर्दै उक्त कार्यक्रमको नेतृत्व गरिरहनु भएका सम्पूर्ण आदरणीय नेताहरुप्रति जवाफदेही हुनका आग्रह गरिएको छ ।

वक्तव्यमा विरोधको नाममा यस्ता अपमानजनक, आपत्तिजनक गाली गलोज र उच्छृंखल गतिविधि तत्काल रोक्न र दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन नेपाल सरकार तथा सम्बन्धित निकायहरुलाई अखिल नेपाल महिला संघ जोडदार माग गर्दछ भनिएको छ ।

साथै वक्तव्यमा राष्ट्रपति विरुद्ध सडकमा लगाइएका नाराहरु राष्ट्रपति तथा समग्र महिलाहरुको मानमर्दन गर्ने उद्देश्यले गरिएको एक नकारात्मक, महिला विरुद्धको चरम हिंसा भएको हाम्रो ठहर गर्दै यस्ता कार्य रोक्नका निम्ति जोडदार माग गर्दै कानुनी कारावहीको निम्ति अखिल नेपाल महिला संघ अगाडि बढ्ने समेत जानकारी गराइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...