पोखरा, पुस २१ गते । पुसको अन्त्यसंगै चिसो बढदो छ । कमजोर आर्थिक अवस्थाबाट गुज्रेकाहरुलाई जाडो छल्न समस्या छ । पोखरा महानगरपालिकाभित्रै बालबालिकाहरु चिसोले कठ्ंग्रिन बाध्य छन् । ती बालबालिकालाई न्यानो कपडा वितरणका लागि युवाहरुले विदेशमा रहेकाहरुको सहयोगमा कास्कीको एक विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् ।
पोखरा महानगरपालिका २४ स्थिति श्री सिद्ध बराह आधारभुत बिधालयका ६५ जना बालबालिकाहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । अनेरास्ववियूका केन्द्रीय सदस्य साजन सुवेदीको नेतृत्वमा न्यानो कपडा, कापी, कलम वितरण गरिएको छ । बालबालिका देशको भबिस्य हुन । हामीहरुले उनिहरुलाई मायाममता, गुणस्तरीय शिक्षाका लागि वातावरण निर्माण गनुपर्छ उनले भने ।
बालबालिकाको भविष्य उज्यालो बनाउन सहयोग पुयाउनुपर्छ उनले भने । ६५ जना बालबालिकालाई न्यानो कपडा वितरणका लािग कास्की, पोखरा जापान सम्पर्क समितिका अध्यक्ष बिश्व सुवेदीले गरेको गर्नुभएको थियो । उहाँको सहयोगमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको हो । अगुवा साजन सुवेदीले सहयोग गर्ने सुवेदलाई धन्यबाद ज्ञापन समेत गरेका छन् ।