काँग्रेसले आज ३३० क्षेत्रमा प्रदर्शन गदै

पोखरा, पुस २५ गते। सरकारले संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेसले अजा शनिवार देशभर प्रदर्शन गदै छ । काँग्रेसले तीन सय ३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन गर्न लागेको हो । कास्कीका प्रदेश समितिहरुले आआफ्नो क्षेत्रमा गर्ने प्रदर्शनको तयारी गरेका छन् ।


कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रदेश सभा क्षेत्र केन्द्रीत भएर प्रदर्शनमा सहभागी हुन आव्हान गरेका छन् । कास्कीका ६ वटा प्रदेश सभा क्षेत्रमा प्रदर्शन हुने कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

प्रवक्ता सिग्देलका अनुसार, प्रदेश सभा १ ‘क’ क्षेत्रको तालचोक, १ ‘ख’ क्षेत्रको औधोगिक क्षेत्र, प्रदेश सभा २ ‘क’ को विरौटा, २ ‘ख’ को चिप्लेढुङ्गास्थित नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालय, प्रदेश सभा ३ ‘क’ को हेमजा मिलन चोक र ३ ‘ख’ को लौरुक र वाम्दीबाट प्रदर्शन शुरु हुने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...