पोखरा, पुस २६ गते । पोखरा उद्योग बाणिज्य संघको मत गणना जारी छ । अध्यक्ष र उद्योग उपाध्यक्ष बाहेक अन्य पदको नतिजा सार्वजनीक भएको छ । औपचारीक रुपमा निर्वाचन आयोगले सार्वजनीक गर्न बाँकी छ । अहिलेसम्म सार्वजनीक भएका पदमा नारायण कोइराला प्यानलको दबदबा देखिएको छ । पदाधिकारीमा नारायण कोइराला प्यालनका उम्मेदवार विजयी हुनुभएको छ भने सदस्यहरुमा भने विन्दुुर कोइराला प्यानलका उम्मेदवार पनि विजयी हुनुभएको छ ।
कार्यसमिति सदस्यमा मिक्स भएपनि पदाधिकारीमा अहिले सम्म नारायण कोइराला प्यालन हावी भएको छ । पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्षमा नारायाण कोईराला प्यानलबाट वर्तमान महासचिव अर्जुन पोखरेल बिजयी भएका हुनुभएको छ । उहााले विन्दु सुवेदी प्यानलबाट वर्तमान कार्यसमिति सदस्य सोवित पौडेललाई पराजित गदै उपाध्यक्षमा निवार्चित हुनुभएको हो । त्यस्तै संघको महासचिवमा कोईराला प्यानलर्क वर्तमान कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे बिजयी हुनुभएको छ ।
उहाँले विन्दु सुवेदी प्यानलका उम्मेदवार धनीराम बराललाई पराजित गर्नुभएको हो । त्यसै गरी कोषाध्यक्षमा कोईराला प्यानलबाट वर्तमान सदस्य बलराम आचार्य विजयी हुनुभएको छ । उहाँले सुवेदी प्यानलकै वर्तमान सदस्य तारानाथ ढुंगानालाई हराउनु भएको हो । उपमहासचिब पदमा पनि नारायण कोइराला प्यानलका केशबबहादुर खत्री विजयी हुनुभएको छ । उहाँले विन्दु सुवेदी प्यानलका गृहलक्ष्मी ग्यास उद्योगका सञ्चालक धर्मराज बर्तौलालाई पराजित गर्नुभयो । विजयी सबैको औपचारीक घोषणा हुन बाँकी छ । संघको शनिबार भएको मतदानमा २ हजार ३ सय ६५ मत खसेको थियो ।