ससद विघटन विरुद्ध जसपाले आज पोखरामा जनप्रदर्शन गदै

पोखरा, पुस २९ गते ।। जनता समाजवादी पार्टीले आज पोखरामा सरकार विरूद्द बृहत जनप्रदर्शन गर्ने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीकाे असंबैधानिक कदमकाे विरुद्धमा सडकबाटै दवाद दिनका लागि कार्यक्रमको आयोजना गरिएको जनप्रदर्शन प्रचार–प्रसार समितिका संयोजक किरण थापाले बताए ।

जन प्रदर्शनलाई जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरु डा.बाबुराम भट्टराई, अशोक राई, शरदसिंह भण्डारी लगायतका नेताले संबाेधन गर्ने कार्यक्रम रहेकाे छ ।जसपाकाे कार्यक्रम अन्तरगत बिहान ११ : ३० बजे चिप्लेढुङ्गाबाट र्याली शुरु हुने र दिउँसो १२ : ३० बजे पृथ्वीचोकमा पुगि र्याली बृहत सभामा परिणत हुने प्रचार संयाेजक थापाले जानकारी दिए ।

 

साेहि कार्यक्रमका अवसरमा सयौं मानिसहरुले जसपा पार्टीमा प्रवेश गर्ने कार्यक्रम समेत रहेकाे थापाले उल्लेख गरे ।जसपा गण्डकीद्धारा आयोजित उक्त कार्यक्रममा करिव ५ हजार मानिसको सहभागीता रहने आयोजकले दावी गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...