आर्चरीका अन्तराष्ट्रिय खेलाडी पुनको सडक दुर्घटनामा निधन

पोखरा, माघ ५ गते । आर्चरीका अन्तराष्ट्रिय खेलाडी हिमप्रकाश पुनको सवारी दुर्घटनामा परेर निधन भएको छ ।म्याग्दीमा जन्मिएर पोखरालाई कर्मथलो बनाएका पुन शनिबार पोखराको याम्दीमा सवारी दुर्घटना हुदाँ निधन भएको हो ।निधनले कास्की जिल्ला आर्चरी संघले आर्चरीको पुर्व अन्तराष्ट्रिय खेलाडी गुमाएको छ ।
पोखरा रामबजार निवासी ५० वर्षिय पुन आर्चरीका अन्तराष्ट्रिय खेलाडी हुन् । २००८ मा भारतको जम्सेरपुरमा आयोजित दोस्रो आर्चरी साफ च्याम्पियनसिपमा सहभागि भएका थिए ।२०६५ सालमा काठमाडौंमा आयोजित पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको प्रतिनिधित्व गरेका थिए ।

 

पोखरामै आयोजित दोस्रो राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा समेत उनी पदक विजेता खेलाडी रहेको कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए ।अध्यक्ष शेरचनका अनुसार पुन अन्नपूर्ण आर्चरी क्लबका सक्रिय सदस्य समेत थिए । एक छोरा र श्रीमती छन् । छोरा अष्ट्रेलिया छन् । संघका अनुसार पुनको पार्थिक शरीरको सोमबार अन्त्येष्टि गरिने छ ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...