नयाँ २७० जना सङ्क्रमित थपिए

काठमाडौं, माघ ११ गते । नेपालमा कोरोना भाइरसका २७० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ६९ हजार ४५० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ४०३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ४०३ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना  निको हुनेकाे संख्या दुई लाख ६४ हजार १३७ पुगेको छ ।

 

यस्तै साे अवधिमा सात जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । साे सँगै मृतकसँगै नेपालमा कोभिडबाट मृत्यु हुने दुइ हजार एक जना पुगेका छन् ।हाल तीन हजार ३१२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार ३१२  जना आइसोलेशनमा र १४५ जना क्वारेन्टिनमा छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...