पोखरामा राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पिनसिप भलिबल हुने

पोखरा, माघ १२ गते ।पोखरामा माघ अन्तिम साता महिला÷पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । टाईगर ग्रुप पोखराको आयोजनामा माघ २७ देखि फागुन १ गतेसम्म पोखरा रंगशालामा टाईगर कप अमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पिनयसिप भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।

सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै लिगकम नकाउट साथै बेष्ट अफ फाईभको आधारमा महिला र पुरुषको एकैसाथ क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिने ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिनुभयो ।

 

महिला तर्फ तीन विभागीय टोली नेपाल आर्मीको त्रिभुवन क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र न्यु डायमण्ड एकेडेमी काठमाडौंले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । अध्यक्ष शर्माका अनुसार पुरुष तर्फ पनि आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरी र गण्डकी प्रदेशको टोलीको सहभागिता रहने भएको छ ।

 

विजेता महिला तथा पुरुष टोलीलाई नगद १ लाख ५० हजार रुपैयाँको पुरस्कार राशीसहित ट्रफी तथा पदक एवं प्रमाणपत्र प्रदान गरिने छ । उपविजेताले महिला तथा पुरुष टोलीले नगद ७५ हजार रुपैयाँ, तेस्रो हुने टोलीलाई भने ३५ हजार राशीको नगदपुरस्कार प्रदान गरिने छ । सान्त्वना पुरस्कार १५÷१५ हजार रुपैयाँ प्रदान गरिने छ ।

 

महिला तथा पुरुष तर्फ उत्कृष्ट खेलाडीलाई नगद २० हजार प्रदान गरिने छ । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट स्पाईकरलाई नगद ५÷५ हजार रुपैयाँ प्रदान गरिने ग्रुपका सदस्य प्रकाश बरालले जानकारी दिए ।

 

प्रतियोगितामा ३० लाख आम्दानी हुने र २५ लाख खर्च भै ५ लाख बचत हुने अनुमान गरिएको प्रचार प्रसार संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिनुभयो । पहिलो पटक आयोजना गर्न लागिएको प्रतियोगिताले पोखरामा भलिबल खेलको आकर्षणलाई उजागर गर्ने ज्ञवालीले बताउनुभयो । कार्यक्रम संञ्चालन सदस्य प्रकाश बरालले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...