कोरियास्थित अति क्रियाशिलक्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे/बुसान शाखाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । कोरोना कहरको विषम परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल जूम मार्फत कमल अर्याल अध्यक्ष रहने गरि २५ सदस्यीय पदाधिकारी र सदस्यको कार्यसमिति गठन भएको हो ।
संस्थाका शाखा अध्यक्ष कमल अर्यालको सभापतित्व र स्याङ्जा परिवार दक्षिण केन्द्रीय अध्यक्ष युवराज गुरुङको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । शाखाका सदस्य मदन भण्डारीको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा आर्थिक संयोजक नवराज खाँणले संस्थाको आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
संस्थाका केन्द्रीय अध्यक्ष युवराज गुरुङले परदेशी भूमिमा अपनत्व महसूस हुने गरि स्याङ्जा परिवारले विविध सामाजिक कार्य गर्दै आईरहेको सन्दर्भ उल्लेख गर्दै अझ संस्थाको मजबुतीको लागि एकता हुनुपर्ने तर्क अघि सारे । केन्द्रीय सचिव भक्त थापा, कोषाध्यक्ष विजय थापा, थेगु शाखा अध्यक्ष विष्णु वाग्ले र किम्हे/बुसान क्षेत्र आसपासका अन्य संस्थाका प्रतिनिधिहरुले किम्हे बुसान शाखाको हरेक गतिविधिको प्रशंसा गर्दै अधिवेशन सफलताको शुभकामना सहित संस्था प्रतिको आ-आफ्नो धारणा राखेका थिए ।
दोश्रो चरणको बन्द सत्र अन्तर्गत युवराज गुरुङको संयोजकत्वमा बनेको निर्वाचन मण्डलले २५ सदस्यीय कार्यसमिति गठन गरेको छ । जस अन्तर्गत अध्यक्षमा कमल अर्याल, वरिष्ठ उपाध्यक्ष आशिष रानाभाट, उपाध्यक्ष रमेश काफ्ले, उपाध्यक्ष मदन भण्डारी, उपाध्यक्ष डेपलभ पोखरेल, महिला उपाध्यक्ष नमुना पौडेल, सचिव डिबी शिव पोखरेल (DB Shiva), सहसचिव राजेश काफ्ले, कोषाध्यक्ष शंकर पौडेल, सहकोषाध्यक्ष रोहित पाठक र सदस्यहरुमा अनिल खड्का, रसिक पाण्डे, दामोदर भण्डारी, सागर लामिछाने, बिशाल रानाभाट, सूर्य गुरुङ, गोकुल पौडेल, सीता थापा, माया गुरुङ, कल्पना पोखरेल, सुभाष काफ्ले, अनिता गुरुङ, नेत्र चापागाई, प्रकाश पोखरेल कृष्ण बस्याल आदि रहेका छन् । उद्घाटन सत्रमा संस्थाका सहसचिव रेशमलाल मरासिनी र बन्द सत्रमा छबिन रानाले कार्यक्रम सञ्चालन गरेका थिए ।
अधिवेशन सफलताको शुभकामना सहित अमूल्य समय प्रदान गरेर तेश्रो अधिवेशन सफल पार्नको निमित्त भर्चुअल जूममा उपस्थित जनाउनुहुने संस्था सम्बद्ध समस्त अग्रज व्यक्तित्व, सदस्य र शुभचिन्तकहरुमा स्याङ्जा परिवार किम्हे/बुसान शाखाले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।