जनसाँस्कृतिक महासंघले सम्झीयो धनबहादुर गायकलाई

पोखरा, माघ २१ गते । जनसाँस्कृतिक महासंघ, कास्कीको आयोजनामा महासंघ गण्डकी प्रदेशका सल्लाहकार तथा लोकप्रिय संगितकर्मी धनबहादुर गायकको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

स्वर्गिय गायकको घरमा नै आयोजित सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष कृष्ण थापाले गायकको निधनले नेपाली संगित क्षेत्रमा अपूरणीय क्षति भएको बताउनुभयो ।

 

कार्यक्रममा बोल्दै पार्टीका अर्का केन्द्रीय सदस्य दामोदर बैरागीले सारङ्गीलाई नेपाली संगित क्षेत्रमा स्थापित गराउन गायकले गर्नुभएको योगदानको सम्झना गर्नुभयो । त्यसै गरी पार्टीको भातृ संगठन जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश कमिटीका संयोजक मनकुमार श्रेष्ठले गायकको सपनालाई महासंघको पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

त्यस्तै पोखरा महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष जीवन आचार्यले गायक जस्ता महानगरभित्रको संगित साधकहरुको योगदानलाई सम्मान गर्न महानगरले विभिन्न गतिविधीहरु संचालन गरिरहेको जानकारी दिनुभयो ।

 

कार्यक्रममा महासंघका केन्द्रीय सदस्यहरु पद्मराज ढकाल, तारापति सुवेदी, शंकर बिरही गुरुङ्ग, राजेन्द्र सापकोटा र करण तामाङ्गले आफ्नो धारणा राख्नुभएको थियो ।

 

महासंघका केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभाको सञ्चालन अर्का केन्द्रीय सदस्य तथा कास्की जिल्ला ईञ्चार्ज जीवन दाहालले गर्नु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...