पोखरा, माघ २२ गते ं । नेकपाको प्रचण्ड–माधव पक्षले आह्वान गरेको आम हड्तालको प्रभाव परेको छ । बन्दकर्ताले बिहानै राजधानीमा एउटा ट्याक्सीमा आगजनी गरेका छन् । गोंगबुमा एउटा ट्याक्सीमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ । कुम्भनारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो । आगजनपछि सबै आतकती भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बिहानै करिव ५ बजेतिर गोंगबुमा रोकिराखेको ट्याक्सीमा दुईजना अपरिचित व्यक्तिले आगजनी गरेर भागेको जानकारी दिए ।
लगत्तै पुगेको प्रहरीले दमकलको सहायतामा आगो निभाएको हो । एसएसपी सिंहका अनुसार उपत्यकाका बिभिन्न स्थानहरुमा बन्दकर्ताहरुले सवारी साधनमाथि तोडफोड गर्न थालेको गुनासो आएकाले सार्वजनिक सम्पत्ति तोडफोड गर्ने विरुद्ध प्रहरी चुप लागेर नबस्ने बताएका छन । यसैवीच आम हडतालको प्रभाव पोखरामा पनि परेको छ । सार्वजनीक सवारी साधन चलेका छैनन भने पसलहरु खुलेका छन् ।सडकमा मोटरसाइकल चलेका छन् ।
तोडफोड, आगजनी गरे कानुन अनुसार कारवाही गृह मन्त्रालय
काठमाडौं, माघ २१ गते । गृह मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड माधव समूहले बुधबारका लागि आव्हान गरेको आमहतालमा शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तीको तोडफोड, आगजनी, लगायतका गतिविधि नर्गन र नगराउन आग्रह गरेको छ ।
साथै यस्ता गतिविधि भए कानुन अनुसार कारवाही हुने जनाउँदै यस्ता गतिविधि हुन नदिन आवश्यक व्यबस्था मिलाइएको उल्लेख गर्दै निर्धक्क आफ्ना उद्योग कलकारखाना चलाउन सबैसँग आग्रह गरेको छ ।