काठमाडौं, माघ २३ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले जनसभाको काठमाडौमा सुरु हुदै छ । पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा नेकपाको ओली समूहले नारायणहिटी दरबार अगाडि जनसभाको आयोजना गरिएको छ।
देशभरका नेता कार्यकता काठमाडौ पुगेका छन् । यति बेला काठमाडौका विभिन्न १२ स्थानबा र्यालीहरु निस्केका छन् । र्याली आभसभा स्थल पुग्दै छन् भने कही पुगिसकेका छन् । कार्यक्रम स्थलमा जनसाँस्कृतिक महासघका कलाकारहरुले जनबादी गित प्रस्तुत गरेका छन् । नेकपा नेता शुभाष नेम्वांग लगायतका नेता सभा स्थलमा पुग्नु भएको छ ।
आम सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, नेकपा नेता एवं गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्वोधन गर्ने छन ।